०२ साउन २०८३, शनिबार
घिसिङको दोहोरो चरित्र

ब्याडमिन्टन विवादमा सदस्य सचिवको दोहोरो भूमिका, बोर्डको निर्णयविपरीत रामजीलाई च्याप्दै !

खेलकुद मन्त्री भन्छन्, ‘अरू कुरा थाहा भएन, तदर्थ समिति आधिकारिक हो’
साउन २७, २०८२
काठमाडौं
ब्याडमिन्टन विवादमा सदस्य सचिवको दोहोरो भूमिका, बोर्डको निर्णयविपरीत रामजीलाई च्याप्दै !

नेपाली खेलकुदको नेतृत्वदायी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल ब्याडमिन्टन संघको विषयलाई लिएर दोहोरो मापदण्ड अपनाएको तथ्य सार्वजनिक भएपछि यससम्बन्धी विवाद रोचक मोडमा पुगेको छ ।

एकातिर, राखेप बोर्डको निर्णयानुसार पुरानो कमिटी अवैधानिक भएको भन्दै ब्याडमिन्टन संघको नयाँ तदर्थ समिति गठन गरिएको छ । अर्कोतिर, राखेपको नेतृत्वले भने पुरानै कमिटीको गतिविधिलाई सहयोग पुर्‍याउँदै आएको पाइएको छ । 

राखेपका सदस्यसचिव टंकलाल घिसिङले भुटानको राजधानी थिम्पुमा अगस्ट १५ देखि २२ तारिखसम्म आयोजना हुने जुनियर साउथ एसियन रिजन च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोलीलाई सोमबार बिदाइ गरेपछि यससम्बन्धी विवाद थप जटिल बनेको हो ।

प्रतियोगितामा नेपालको तर्फबाट १४ सदस्यीय खेल टोली सहभागी हुँदैछ । नेपाली टोलीमा १२ खेलाडी, एक प्रशिक्षक र एकजना व्यवस्थापक रहेका छन् ।

null

राखेपले मान्यता नदिएको रामजी बहादुर श्रेष्ठ अध्यक्ष रहेको ब्याडमिन्टन संघमार्फत नेपाली टोलीले यो प्रतियोगितामा सहभागिता जनाउन लागेको हो ।

रामजी अध्यक्ष रहेको यो कमिटीलाई राखेपले मान्यता दिएको छैन । २०८० कात्तिक १४ गते भएको ‘अवैध निर्वाचन’ले रामजीलाई संघको अध्यक्षमा निर्वाचित गरेको थियो ।

उक्त निर्वाचन नेपाली खेलकुदलाई निर्देशित गर्ने प्रचलित कानूनअनुरूप नभएको भन्दै राखेपले मान्यता दिन अस्वीकार गरेको थियो ।

‘त्यो निर्वाचनमा राखेपका प्रतिनिधि उपस्थिति थिएनन् । निर्वाचनअघि प्रदेश समितिहरू पनि गठन गरिएको थिएन । समग्रमा त्यो निर्वाचन प्रचलित कानूनअनुरूप गरिएको थिएन । त्यसैले राखेपले मान्यता नदिएको हो,’ राखेपका एक बोर्ड सदस्य भन्छन् ।

त्यसपछि राखेपको २०८१ चैत १९ गते बसेको १२२औं बोर्ड बैठकले शुभाष श्रेष्ठको संयोजकत्वमा संघको नयाँ तदर्थ समिति गठन गरेको थियो । उक्त तदर्थ समितिलाई निर्धारित समयभित्र कानूनबमोजिम नयाँ निर्वाचन गराउने जिम्मेवारी दिइएको थियो ।

त्यसपछि रामजी अध्यक्ष रहेको संघका पदाधिकारीले आफूमाथि अन्याय भएको दाबीसहित उच्च अदालत पाटनमा राखेप समेतलाई विपक्षी बनाउँदै मुद्दा दर्ता गराएका थिए । यो मुद्दा अहिले पनि विचाराधीन अवस्थामा छ ।

यसबीचमा अपहेलनासम्बन्धी अर्को मुद्दा पनि थपिएको छ । अपहेलना मुद्दामा पनि अदालतले राखेपसँग जवाफ माग गरेको छ । अहिले आएर राखेप नेतृत्वले एकाएक ब्याडमिन्टन संघको विषयमा दोहोरो मापदण्ड अपनाएर विवादलाई झनै जटिल मोडमा पुर्‍याएको छ ।

अपहेलना मुद्दामा जवाफ फर्काउँदै राखेपले आफूहरूले अदालतको मानहानी नगरेको दाबी गरेको छ । आफ्नो दाबीलाई पुष्टि गर्न राखेपले भुटानमा हुने जुनियर साउथ एसियन रिजन च्याम्पियनसिपमा सहभागिता जनाउने टोलीलाई औपचारिक रूपमा बिदाइ गरेको पनि उल्लेख गरेको छ ।

‘राखेप सदस्य सचिवज्यूको यो दोहोरो मापदण्ड हो । यस्तो गतिविधिले खेलकुदको भलो गर्दैन । राखेपकै बोर्ड बैठकले अवैध भनेको समितिको गतिविधिलाई अहिले आएर उहाँले साथ दिनुभएको छ । यसअघि आफैंले अदालतमा पठाएको जवाफलाई पनि उहाँले खण्डन गर्नुभएको छ,’ ती बोर्ड सदस्य भन्छन् ।

सदस्यसचिव घिसिङले निहित पार्टीगत स्वार्थका कारण यस्तो गतिविधि गरेको आरोप पनि उनले लगाएका छन् । ‘उहाँको पछिल्लो गतिविधिमा पार्टीगत स्वार्थ गाँसिएको देखिन्छ । अन्यथा उहाँ आफ्नै बोर्ड बैठकले गरेको निर्णयविपरीत जानुहुन्थेन,’ उनी भन्छन् ।

जुनियर साउथ एसियन रिजन च्याम्पियनसिपमा सहभागिता जनाउन भुटान जाने टोलीलाई सहजीकरण गर्न राखेपले छुट्टै पत्र पनि लेखिदिएको छ । ‘जो जससँग सम्बन्धित छ’ विषय राखेर लेखिएको उक्त पत्रमा १४ सदस्यीय टोलीलाई भुटान जान राखेपबाट अनुमति प्रदान गरिएको उल्लेख छ ।

null

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी भने शुभाष श्रेष्ठको संयोजकत्वमा गठित तदर्थ समिति नै आधिकारिक भएको बताउँछन् । युवा तथा खेलकुदमन्त्री राखेपका अध्यक्ष पनि हुन् ।

‘कसले के गर्‍यो, कसलाई बिदाइ गर्‍यो, मलाई थाहा भएन । राखेपको बोर्ड बैठकले आधिकारिक रूपमा निर्णय गरेर बनाएको तदर्थ समिति नै आधिकारिक हो । अरू कुरा मलाई थाहा छैन,’ लोकान्तरसँगको कुराकानीमा उनले भने ।

राखेप बोर्डको निर्णयानुसार, गठित नेपाल ब्याडमिन्टन संघको तदर्थ समितिका सह–संयोजक दीपेन्द्र कुमार श्रेष्ठ बोर्ड बैठकभन्दा ठूलो कुनै पनि व्यक्ति हुन नसक्ने बताउँछन् ।

‘राखेपको बोर्ड बैठकको निर्णयानुसार तदर्थ समिति गठन भएको हो । हामीले कानूनअनुसार नयाँ निर्वाचन गर्ने जिम्मेवारी पाएका छौँ । बोर्ड बैठकभन्दा ठूलो व्यक्ति हुन सक्दैन,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्