०२ असार २०८३, मंगलबार

सल्टिएन त्रिविको समस्या : पदाधिकारी अझै कार्यकक्षबाहिरै

साउन २८, २०८२
काठमाडौं
सल्टिएन त्रिविको समस्या : पदाधिकारी अझै कार्यकक्षबाहिरै

 विभिन्न माग राखेर दुई महिनादेखि आन्दोलन गरिरहेका विद्यार्थीका कारण त्रिभुवन विश्वविद्यालयको समग्र गतिविधि प्रभावित भएको छ । एक महिनाअघि मात्रै नियुक्त हुनुभएका विश्वविद्यालयका उपकुलपतिले समेत आन्दोलनका कारण सहज रूपमा कार्यालयमा बसेर काम गर्न पाएका छैनन् । 

नेकपा (माओवादी) को विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको अवरोधका कारण विश्वविद्यालयका उपकुलपति प्राडा दीपक अर्याल, शिक्षाध्यक्ष (रेक्टर) प्राडा खड्ग केसी र कुलसचिव (रजिस्ट्रार) प्राडा केदारप्रसाद रिजाल साढे दुई महिनादेखि कार्यकक्षमा प्रवेश गर्न पाएका छैनन् । सुरुमा शिक्षाध्यक्ष र कुलसचिवलाई मात्रै कार्यालय प्रवेशमा रोकेको क्रान्तिकारीले पछिल्लो समय उपकुलपति अर्यालको कार्यकक्ष अगाडि पनि धर्ना दिन थालेको छ, जसले गर्दा अर्याल पनि कार्यालय जान सकेका छैनन् । 
गोरखापत्रका अनुसार  क्रान्तिकारीले अर्याल उपकुलपतिमा नियुक्त हुनुअघि नै फास्ट ट्र्याकबाट उपप्राध्यापक नियुक्त गर्ने गरी कार्यकारी परिषद्ले गरेको निर्णय सच्याउनुपर्ने, मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गतका विभिन्न विभागले विद्यार्थीसँग लिँदै आएको शुल्क घटाउनुपर्नेलगायत १८ बुँदे माग राखेको छ । यी माग राखेर उनीहरूले सुरुमा जेठ १४ गते तीन वटै पदाधिकारीको कार्यकक्षमा ताला लगाएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्