२५ असार २०८३, बिहीबार

नागरिकको समस्यामा सरकार चुप लागेर बस्न मिल्दैन : प्रधानमन्त्री ओली

साउन २८, २०८२
काठमाडौं
नागरिकको समस्यामा सरकार चुप लागेर बस्न मिल्दैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निकायहरूलाई आफ्नो परिभाषित जिम्मेवारीप्रति पूर्ण रूपमा जवाफदेही बन्न निर्देशन दिएका छन् ।

उद्योग तथा कृषि मन्त्रीसहित सचिव र सरोकारवाला निकायका जिम्मेवार पदाधिकारीसँगको छलफलमा ओलीले जवाफदेही निकायहरू कमजोर हुँदा काम गर्नेले आलोचना भोग्ने र केवल विरोध गर्नेहरूले मात्र वाहवाही पाउने स्थिति पैदा भएको बताएका हुन् ।

'जवाफदेही निकाय जवाफदेही हुन नसक्दा नै काम गर्नेले गाली पाउँछ र विरोध मात्रै गर्नेको वाहवाही हुन्छ । हरेक सरकारी निकायहरू आफ्नो परिभाषित काममा आफैं जवाफदेही हुनुपर्छ। नागरिकको समस्यामा सरकार चुप लागेर बस्न मिल्दैन,' प्रधानमन्त्री ओलीले भने।

कृषकहरूले मल अभावको गुनासो गरिरहेको उल्लेख गर्दै सम्बन्धित निकायका पदाधिकारीलाई तत्काल समस्या समाधानका लागि निर्देशन दिएको ओलीले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् । साथै उनले जनस्तरबाट पनि खबरदारी जारी राख्न आग्रह गरेका छन् । 'किसानले किन 'मल पाएनौं' भनिरहेका छन् ?  यो गुनासो तत्काल सम्बोधन गर्न हिजो सम्बन्धित निकायका पदाधिकारीलाई निर्देशन दिएको छु,' उनले लेखेका छन्, 'सम्बन्धित निकायलाई जनस्तरबाट पनि खबरदारी भैरहोस् । समस्या हेरेर बस्ने होइन, समाधान गर्ने हो।'
 

salt training

कमेन्ट गर्नुहोस्