
काठमाडौं २५ मंसिर– गत मंसिर १० र मंसिर २१ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका मतगणना देशभर जारी छ ।
अहिलेसम्मको आएको प्रत्यक्षतर्फको नतिजाअनुसार नेपाली काँग्रेस कमजोर देखिएको छ ।
अहिलेसम्म विभिन्न क्षेत्रमा सार्वजनिक भएको अन्तिम नतिजा हेर्दा नेपाली काँग्रेसले प्रतिनिधिसभामा २० सिट जितेको छ ।
देशभरका १ सय ६५ प्रतिनिधिसभाका प्रत्यक्ष सिटमध्ये अहिलेसम्म १ सय ४६ सिटमा सदस्य निर्वाचित भइसकेका छन् ।
गणनाका क्रममा कांग्रेसका २० उम्मेदवार विजयी घोषणा भइसकेका छन् । यसैगरी १ नेपाली काँग्रेसका जना उम्मेद्वार अग्रस्थानमा रहेका छन् ।
यी हुन् प्रतिनधिसभामा काँग्रेसले जितेका २० ठाउँ तथा उम्मेद्वारहरु:
१. नवलपरासी पश्चिमः देवेन्द्र राज कँडेल (३४१३०)
२. बारा १ः उमाकान्त चौधरी (२४४५०)
३. सुनसरी ४ः ज्ञानेन्द्रबहादुर कार्की (३२३४७)
४. रुपेन्देही४ः प्रमोद कुमार यादव (३१७१८)
५. नवलपरासी (पूर्व): शशांक कोइराला (३७,३७३)
६.सप्तरी ४ः तेजुलाल चौधरी (२४११३)
७. काठमाडौं, क्षेत्र नं. १ प्रकाशमान सिंह (१०९३६)
८. काठमाडौं, क्षेत्र नं. १०ः राजेन्द्रकुमार के.सी.(१९६४५)
९. काठमाडौं, क्षेत्र नं. ४ः गगनकुमार थापा (२१५५८)
१०. काठमाडौं, क्षेत्र नं. ६ः भिमसेनदास प्रधान (१६७८५)
११. रसुवा, क्षेत्र नं. १ः मोहन आचार्य १४४५३ मत
१२. मोरङ, क्षेत्र नं. २ः मिनेन्द्रप्रसाद रिजाल २८७६८ मत
१३. कपिलवस्तु, क्षेत्र नं. ३ः अभिषेकप्रताप शाह १९८६६ मत
१४. रुपन्देही , क्षेत्र नं. ५ भरतकुमार शाह (३३०८८ मत
१५. डडेल्धुरा, क्षेत्र नं. १ः शेरबहादुर देउवा (२८०४४ मत
१६. रौतहट, क्षेत्र नं. २ः मोहम्मद आफताब आलम (१८८३३ मत
१७. रौतहट क्षेत्र नं. ४ः देवप्रसाद तिमिल्सिना (२८२२८)
१८. बर्दिया क्षेत्र नं. १ः सञ्जय कुमार गौतम (४४,८२९)
१९उदयपुर क्षेत्र नम्बर १ः नारायण खड्का (३३१४२ )
२०. सिताराम मेहता सुनसरी २ (४१४९५)