गुण्डा नाइके भनेर चिनिएका चक्रे मिलन भनिने मिलन गुरुङसँग काठमाडौं जिल्ला अदालतले अभद्र व्यवहार मुद्दामा ३० हजार धरौटी माग गरेको छ ।
चक्रेसँगै राजेश भन्ने रोजेश खड्काबाट समेत ३० हजार धरौटी माग भएको हो । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठका अनुसार अदालतले मुलुकी अपराध संहिता, २०७४ को दफा ६८ र ७२ बमोजिम जनही ३० हजार धरौटी नगद वा सो बराबरको जेथा वा बैंक जमानत दिए लिई तारेखमा राख्न आदेश गरेको छ । धरौटी बुझाउन नसके दफा ८० बमोजिमको थुनुवा पुर्जी दिई थुनामा राख्न आदेश भएको सूचना अधिकारी श्रेष्ठले बताए ।
जिल्ला सरकारी वकिल कार्यालयले चक्रेसहित १९ जनाविरुद्ध अभद्र व्यवहार कसुरमा अदालतमा मुद्दा दर्ता गरेको थियो ।
कसलाई कति धरौटी ?
१. जीतबहादुर लामा – १० हजार
२. रितिक लामा – २० हजार
३. चन्द्र देव कार्की– १० हजार
४. प्रकाश गोले– १० हजार
५. आमिर आलेमगर– १०हजार
६. उत्तम महर्जन– १० हजार
७. प्रनिश कँडेल– १० हजार
८. राजु परियार– १० हजार
९ .राजेश भन्ने रोजेश खड्का– ३० हजार
१० .गणेशबहादुर बोगटी– २० हजार
११ . रोशन सुवेदी– १० हजार
१२. सन्दीप केसी– १० हजार
१३ . राहुल खड्का– १०हजार
१४ . यामु पौडेल– १० हजार
१५ . सौरभ सुनार– १० हजार
१६ . डिल्लीराज कँडेल– २० हजार
१७. चक्रे मिलन भन्ने मिलन गुरुङ– ३० हजार
१८ .सफल भन्ने सुजल शाही – १० हजार
१९ . निराजन पौडेल – १० हजार