
काठमाडौं उपत्यकामा होटल, इभेन्ट भेन्यु र क्याफे डिजाइनमा आरजी क्रिएसन्स परिचित बन्दै गएको छ । चीनको ग्वाङ्दोङ प्रदेशको सेन्जेन शहरमा रहेको ‘लिंक वर्ल्ड टेक’सँगको सहकार्यमा आरजी क्रिएसन्सले नेपालमा आकर्षक डिजाइन गरेको छ ।
आरजी क्रिएसन्सले विगत १५ वर्षदेखि काठमाडौं उपत्यका लगायत देशका विभिन्न शहर र विदेशमा समेत होटल, इभेन्ट भेन्यु, नाइट क्लब, डिस्को थेक, क्यासिनो, ब्यांक्वेट, लाउञ्ज, क्याफे, बार, पब लगायत हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित प्रडक्टको कन्सेप्ट डिजाइन, कन्स्ट्रक्सन र सञ्चालनमा ल्याएको छ ।
क्रिएसन्सले लगानीकर्ताको बजेट र सोच अनुसार कमभन्दा कम लागतमा आकर्षक प्रडक्ट डिजाइन एवं निर्माण गर्दै आइरहेको छ । ‘हामी नाइट क्लब तथा इभेन्ट भेन्यु निर्माण गर्दा त्यसको लागत कम गर्न, त्यसलाई सुरक्षित बनाउन र कसरी भव्य एवं आकर्षक देखाउने भनेर विशेष ध्यान दिन्छौं’, कम्पनीका कार्यकारी अध्यक्ष राम गिरीले भने, ‘नाइट क्लब तथा इभेन्ट भेन्युहरूमा विश्वमा चलेका नयाँ ट्रेण्ड र फिचरलाई कस्टमाइज गरेर लागू गर्ने गरिएको छ ।’
कम्पनीले लगानीकर्ताको आवश्यकता अनुसार प्रोजेक्ट छनोटदेखि त्यसको कन्सेप्ट, डिजाइन, निर्माण र सञ्चालनसम्मको सम्पूर्ण सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
निर्माण गरेका प्रोजेक्टहरूमा नयाँ जेनेरेसनको सोंच र उनीहरूको मनोविज्ञानलाई बोध गरेर तथा लगानीकर्ताको बजेटलाई मिल्ने गरी विभिन्न सुविधा तथा फिचरहरूलाई कुशलतापूर्वक अप्लाई गर्ने गरिएको क्रिएसन्सले दाबी गरेको छ ।
आरजी क्रियसन्सले डिजाइन तथा निर्माण गरेका प्रोजेक्ट अन्य भन्दा केही भिन्न र फरक छन् । ‘हामी सुन्दर डिजाइनमा त्यसको भव्यतालाई कसरी प्रस्तुत गर्न सकिन्छ भनेर गहन अनुसन्धान गर्छौं’, कार्यकारी अध्यक्ष गिरीले भने, ‘हामीले प्रयोग गर्ने सामग्री, कन्सेप्ट र डिजाइन अनुसार कस्टमाइज गरिने भएकाले हाम्रा प्रडक्टहरूमा भव्यता झल्किन्छ । सकेसम्म अन्यले प्रयोग नगरेका सामग्रीहरूको खोजी गरी प्रयोग गर्ने गरिएको छ ।’
हस्पिटालिटी क्षेत्रमा आकर्षक आउटलेट निर्माण गरेर पर्यटन क्षेत्रमा योगदान दिने तथा देश विकासमा आफ्नो तर्फबाट केही योगदान गर्नु कम्पनीको उद्देश्य रहेको गिरीले बताए ।
स्ट्रक्चर, इन्टेरियर, आर्टिटेक्ट, लाइट, साउण्ड, कलरिस्ट, निर्माणमा प्रयोग गरिने सामग्रीको गुणस्तर आदि हेर्नका लागि आरजी क्रियसन्समा विषय विज्ञ छुट्टाछुट्टै इन्जिनियरहरू कार्यरत रहेका छन् ।
दक्ष इन्जिनियरहरूलाई अध्यक्ष गिरी आफ्नो ‘कन्सेप्ट’ र प्रोजेक्टका लागि आवश्यक पर्ने ‘कन्टेन्ट क्रियट’ गरेर दिने गर्छन् । ‘कुनै पनि भेन्युको भव्यता त्यसमा के कस्ता नयाँ ‘कन्सेप्ट र कन्टेन्ट एड’ गर्न सकियो भन्नेमा निर्भर गर्छ’ गिरीले भने, ‘प्रोजेक्टका लागि जति युनिक कन्टेन्ट क्रियट गर्न सकियो त्यो त्यति नै भव्य, अकर्षक र सफल हुन्छ ।’ कम्पनीमा कार्यरत इन्जिनियर तथा कर्मचारीहरूलाई विदेशमा पठाएर तालिम लिने व्यवस्था पनि गरिएको कार्यकारी अध्यक्ष गिरीले बताए ।
कम्पनीले लगानीकर्ताको बजेट र निर्माण स्थलको भू–बनोट अनुसार आवश्यक पर्ने सामग्री सिधै काराखानाबाट खरिद गर्ने गरेको छ ।
काठमाडौंको लाजिम्पाटमा तीन रोपनी क्षेत्रफलमा अन्तर्राष्ट्रिय स्तरको नाइट क्लब ‘लिजेण्ड नेपाल’ सञ्चालनको तयारी गरिरहेका रमेश कार्की लण्डनमा उच्च शिक्षा हासिल गरेर नेपाल फर्किएका युवा उद्यमी हुन् । उनले बेलायतमा रहँदा थुप्रै क्लब, पब, डिस्कोथेकको अनुभव लिन पाए ।

नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको नाइट क्लब सञ्चालन गर्ने सोच बनाएर फर्किएका उनले कयौं विदेशी कन्सलट्यान्टसँग सम्पर्क र छलफल गरेका थिए । अन्तिममा उनले आरजी क्रियसन्सलाइ रोजे । ‘मैले धेरै विदेशी कम्पनी र नाइट क्लबका क्षेत्रमा कार्यरतहरूसँग कुराकानी गरेँ’, कार्कीले भने, ‘तर उनीहरूको प्रस्ताव र कन्सेप्ट चित्त बुझेन ।’
नेपालमै कन्सलट्यान्ट खोज्ने क्रममा कार्कीले आरजी क्रियसन्ससँग सम्पर्क भएको बताए । ‘आरजी क्रियसन्सले मलाई जुन डिजाइन र कन्सेप्ट दियो त्यो निकै उत्कृष्ट लागेर लिजेण्ड नेपालको निर्माणको जिम्मा दिएको हुँ,’ कार्की भन्छन् ।
अन्तर्राष्ट्रिय स्तरका सबै मापदण्ड पूरा गरेर निर्माण भइरहेको नाइट क्लब लिजेण्ड नेपाल आरजी क्रिएसन्सका लागि अर्को बेञ्चमार्क हुने अध्यक्ष गिरी बताउँछन् ।
क्लबको साउण्ड सिस्टम र साउण्ड प्रुफका लागि मात्रै करिब सय थरिका सामग्री प्रयोग हुनेछन् । लिजेण्ड नेपालमा साउण्ड सिस्टम, लाइट, एलइडी स्क्रिन, हाइड्रोलिक मेसिन लगायत तीन सयभन्दा बढी अत्याधुनिक सामग्रीहरू प्रयोग हुनेछन् ।
आरजी क्रिएसन्सका निर्देशक सुमित्रा पौडेल उप्रेतीले नाफा आर्जन गर्नेभन्दा पनि लगानीकर्तालाई कसरी सुलभ खर्चमा उत्कृष्ट प्रोजेक्ट दिन सकिन्छ भनेर कार्य गरिरहेको बताइन ।
‘आरजी क्रिएसन्सले निर्माण सम्पन्न गररे हस्तान्तरण गरेका प्रेजेक्टका लागनीकर्ताहरू खुशी छन् । उनीहरूले सोचेभन्दा उत्कृष्ट प्रोजेक्ट पाएर कम्पनीप्रति आभार प्रकट गर्ने गरेका छन्’, उनले भनिन् ।
कम्पनीले काठमाडौं उपत्यकामा रामबाग महल, म्याजेस्टिक ग्रान्ड, हर्षबाटिका, ताज रिसेप्सन, ताज प्यालेस, बौद्ध हेरिटेज, इम्पेरियल ब्यांक्वेट, रोयल इम्पायर बुटिक होटल लगायत इभेन्ट भेन्यु निर्माण सम्पन्न गरी लगानीकर्ताहरूलाई हस्तान्तरण गरिसकेको छ ।
आरजी क्रिएसन्सले धरान, इटहरी, पोखरा लगायत देशका विभिन्न शहर एवं विदेशमा पनि हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित प्रोजेक्टहरू निर्माण गरिरहेको छ ।
क्रिएसन्सले रात्रिकालिन व्यवसायतर्फ यसअघि काठमाडौंको दरबारमार्गस्थित प्रख्यात डेजाभु डिस्को थेक, भिक्ट्री लाउञ्ज एवं ठमेलमा फूलमून क्याफे, फेसेस लाउञ्ज, रकर्स म्याजिक जस्ता चर्चित आउटलेटको निर्माण सम्पन्न गरिसकेको छ ।