२२ असार २०८३, सोमबार

स्रोत नखुलेको २० लाख ७८ हजार रुपैयाँसहित २ जना पक्राउ

साउन ३०, २०८२
सप्तरी
स्रोत नखुलेको २० लाख ७८ हजार रुपैयाँसहित २ जना पक्राउ

स्रोत नखुलेको २० लाख ७८ हजार रुपैयाँसहित सप्तरीबाट २ जना पक्राउ परेका छन् ।

सप्तकोशी नगरपालिका- ४ तुलसी चोकबाट स्रोत नखुलेको नगद २० लाख ७८ हजार रुपैयाँसहित २ जनालाई बिहीबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा धनकुटा शहीदभूमी गाउँपालिका- ३ बस्ने २१ वर्षीय जीवन लम्जेल र सोही गाउँपालिका- १ बस्ने २८ वर्षीय आएन राई रहेका छन् ।

प्रहरी चौकी फत्तेपुरबाट खटिएको प्रहरीले कञ्चनपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको ​को ३३ प १८९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्