१२ असार २०८३, शुक्रबार

सुक्खा पहिरोले हेटौंडा–फाखेल–दक्षिणकाली सडक अवरुद्ध

साउन ३१, २०८२
काठमाडौं
सुक्खा पहिरोले हेटौंडा–फाखेल–दक्षिणकाली सडक अवरुद्ध

सुक्खा पहिरो खस्दा हेटौंडा–काठमाडौं जोड्ने सडक अवरुद्ध भएको छ ।

हेटौंडा–फाखेल–दक्षिणकाली काठमाडौं सडकअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका- ३ ज्यामिरेमा आज बिहान ९ः३० बजेतिर सुक्खा पहिरो खस्दा यस क्षेत्रमा यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

यस्तै त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–९ लामीडाँडा नजिकै ढुङ्गा र रुख खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

दुवै ठाउँमा डोजर परिचालन गरी पहिरो पन्छाउने काम भइरहेको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्