०२ साउन २०८३, शनिबार

बायर्नलाई जर्मन सुपरकपको उपाधि

भदौ १, २०८२
काठमाडौं
बायर्नलाई जर्मन सुपरकपको उपाधि

बायर्न म्युनिखले जर्मन सुपरकप जितेको छ । शनिबार भएको खेलमा भीएफबी स्टुटगार्टलाई २–१ ले हराउँदै बायर्नले उपाधि हात पारेको हो । बायर्नलाई उपाधि दिलाउन ह्यारी केन र नयाँ खेलाडी लुइस डियाजले एक/एक गोल गरे । 

खेलको १८औं मिनेटमा केनले बायर्नलाई अग्रता दिलाएका थिए । ७७ औँ मिनेटमा सर्ज नाब्रीको क्रसमा हेड गोल गर्दै डियाजले टोलीलाई २-० को अग्रता दिलाए । गोलपछि डियाजले आफ्नो पूर्वलिभरपुल सहकर्मी डियोगो जोटालाई श्रद्धाञ्जली अर्पण गर्दै जोटाको गोल सेलिब्रेसन शैली अनुकरण गरेका थिए । जोटा र उनका दाजु आन्द्रे सिल्भाको गत जुलाईमा कार दुर्घटनामा मृत्यु भएको थियो।

इन्ज्युरी समयमा स्टुटगार्टका जेमी लेवेलिङले सान्तवना गोल गरे । बायर्नले प्रि–सिजनका सबै खेल जितेको थियो । बायर्नले जर्मन सुपर कप ११औँ पटक जितेको कीर्तिमान बनाएको छ । केनका लागि यो दोस्रो जर्मन उपाधि हो । अब बायर्नले २२ अगस्टमा आरबी लाइपजिगविरुद्ध बुन्डेसलिगा उपाधि रक्षा गर्ने यात्राको सुरुवात गर्नेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्