३१ असार २०८३, बुधबार

कर्णालीमा पहिलो गजल गायन, गुञ्जिए सन्तोष श्रेष्ठ

भदौ ३, २०८२
काठमाडौं
कर्णालीमा पहिलो गजल गायन, गुञ्जिए सन्तोष श्रेष्ठ

कर्णाली प्रदेशमा पहिलोपटक गजल गायन कार्यक्रम भएको छ । 

मध्यपश्चिम विश्वविद्यालय साहित्य समाज र सिर्जनशील विद्यार्थी सञ्जाल सुर्खेतको आयोजनामा कर्णाली प्रदेशमा पहिलोपटक गजल गायन भएको छ ।

कार्यक्रममा विश्व कीर्तिमानी सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठले ६ जना गजलकारका गजललाई सङ्गीतबद्ध गरेर गाएका थिए । 

गजल गायन कार्यक्रममा रमेश सुवेदीको ‘प्यारो कर्णालीय’, ऋषि शर्मा ‘सुदामा’को ‘घरी पाउ हेर्छ’, महेन्द्र चन्द्र ‘महासागर‘को ‘मेरो संसार’, धिरेन अनुपमको ‘मेरो आँखाको वरिपरि’ , निराजन विष्टको ‘धेरै लजाएर तिमी’, लिला ढकाल पोखरेलको ‘भेटिन्छन् जीवन’ बोलका गजल प्रस्तुत गरिएका थिए ।

मध्यपश्चिम विश्वविद्यालय साहित्य समाजका अध्यक्ष दीपक उपाध्यायले सहजीकरण गजल गायन कार्यक्रममा श्रेष्ठलाई वाद्यवादनमा सुवास गौतमले तबला, ज्ञानबहादुर नेपालीले बाँसुरी र रोहित सिंहले  गितारमा साथ दिएका थिए । 

null

salt training

कमेन्ट गर्नुहोस्