
काठमाडौं, २६ मंसिर—मंसिर १० र २१ गरी दुई चरणमा सम्पन्न निर्वाचनमा हालसम्म प्रतिनिधिसभातर्फ १५९ क्षेत्रको नतिजा आउँदा एमाले अग्रस्थानमा रहेको छ । एमालेले ७७ स्थानमा जीत हासिल गर्दा माओवादीले ३६ स्थानमा जीत हासिल गरेको छ । एमाले र माओवादीको गठबन्धन रहेको थियो ।
यस्तै कांग्रेसले २१, राजपाले १०, संघीय समाजवादी फोरमले १० स्थानमा जित्दा अन्य साना नयाँ शक्ति, राप्रपा, मजदुर किसान पार्टी र जनमोर्चाले १—१ स्थानमा जीत हासिल गरेका छन् । यस्तै १ स्वतन्त्र पनि विजयी भए ।