
गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशनमा उम्मेदवार बन्नेहरुको लागि उम्मेदवारी शुल्क तोकिएको छ।
संघको दाधिकारी बैठकले अध्यक्ष पदको उम्मेदवारी शुल्क ५ लाख रुपैयाँ कायम गरेको हो। संघले ११ औं महाधिवेशनमा तोकिएको शुल्कलाई यथावत् राख्दै सबै पदमा उम्मेदवारी शुल्क अनिवार्य गरेको छ। तर महिला र युवा पदमा भने विशेष छुट दिइएको महासचिव गौरीराज जोशीले जानकारी दिए ।
युवा तथा महिला उपाध्यक्ष पदका लागि उम्मेदवारी शुल्क १ लाख ७५ हजार रुपैयाँ मात्र तोकिएको छ भने महासचिव पदमा ३ लाख रुपैयाँ तोकिएको छ। संघको आगामी अक्टोबरमा १२ औं महाधिवेशन काठमाडौँमा हुँदैछ । संघभित्र विवादका बिच महाधिवेशन हुन लागेको हो ।
