पर्सामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
वीरगञ्ज महानगरपालिका-३२ चोर्नी परसवास्थित नारायणी स्टिल कारखानामा बट व्यालडिङ्ग मेसिनमा काम गर्ने क्रममा करेन्ट लागेर बारा जीतपुरसिमरा उपमहानगरपालिका-१४ डुमरवाना बस्ने २२ वर्षीय उपेन्द्र चौधरीको बुधबार बिहान मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको नारायणी सेन्ट्रल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।