०८ असार २०८३, सोमबार
एनपीएलको मिति तय

एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि

भदौ ५, २०८२
काठमाडौं
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण आउँदो मंसिर १ (नोभेम्बर १७) गतेदेखि हुने भएको छ ।

एनपीएलले आफ्नो दोस्रो संस्करणबारे बिहीबार सामाजिक सञ्जालमार्फत् जानकारी दिएको छ । 

जस अनुसार प्रतियोगिता मंसिर १ देखि २७  (नोभेम्बर १७ देखि डिसेम्बर १३) सम्म हुने बताइएको छ । 

एनपीएलका लागि खेलाडीको मिनी अक्सन सम्पन्न भइसकेको छ ।

एनपीएलको पहिलो संस्करण २०८१ मंसिर १५ देखि पुस ६ गतेसम्म भएको थियो । एनपीएलको पहिलो सिजनको उपाधि जनकपुर बोल्ट्स्‌ले जितेको थियो । 

एनपीएलमा सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, काठमान्डु गोर्खाज, विराटनगर किङ्स र जनकपुर बोल्ट्स सहभागी हुनेछन् । 

हरेक टोलीमा कम्तीमा चार र बढीमा छ विदेशी खेलाडी आबद्ध गर्न पाउने प्रावधान छ । 

salt training

कमेन्ट गर्नुहोस्