०६ साउन २०८३, बुधबार

मधेस प्रदेशसभाको छैटौँ अधिवेशन यही भदौ १२ देखि

भदौ ५, २०८२
धनुषा
मधेस प्रदेशसभाको छैटौँ अधिवेशन यही भदौ १२ देखि

 मधेस प्रदेशसभाको छैटौँ अधिवेशन यही भदौ १२ गतेदेखि हुने भएको छ । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता सत्रुधन यादवले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुखबाट भदौ ५ गते बसेको प्रदेश सरकारको बैठकको निर्णयअनुसार प्रदेशसभाको अधिवेशन आह्वान गरिएको जानकारी दिएका हुन् । 

    मधेस प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०८२/०५/०४ गतेको बैठकबाट प्रदेशसभाको छैटौँ अधिवेशन आह्वान गर्ने निर्णयानुसार सिफारिस भई आएअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (१) अनुसार अधिवेशन आह्वान गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

    “प्रदेश प्रमुखबाट विसं २०८२/०५/१२ गते बिहीबार दिनको १ बजेदेखि मधेस प्रदेशसभाको छैटौँ अधिवेशन आह्वान गरेको व्यहोरा जानकारीका लागि अनुरोध छ”, विज्ञप्तिमा भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्