११ साउन २०८३, सोमबार

यस्तो छ आइतबार लागि तय भएको विदेशी मुद्राको विनिमयदर

भदौ ८, २०८२
काठमाडौं
यस्तो छ आइतबार लागि तय भएको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रूपैयाँ ७६ पैसा र बिक्रीदर १४० रूपैयाँ ३६ पैसा कायम भएको छ ।   

युरोपियन युरो एकको खरिदर १६२ रूपैयाँ ०९ पैसा र बिक्रीदर १६२ रूपैयाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८७ रूपैयाँ ४३ पैसा र बिक्रीदर १८८ रूपैयाँ २४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७२ रूपैयाँ ७८ पैसा र बिक्रीदर १७३ रूपैयाँ ५२ पैसा कायम गरिएको छ ।     
     
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रूपैयाँ ७० पैसा र बिक्रीदर ९० रूपैयाँ ०८ पैसा, क्यानेडियन डलर एकको खरिदर १०० रूपैयाँ ४४ पैसा र बिक्रीदर १०० रूपैयाँ ८७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रूपैयाँ ४१ पैसा र बिक्रीदर १०८ रूपैयाँ ८८ पैसा निर्धारण गरिएको छ ।     
     
जापानी येन १० को खरिदर नौ रूपैयाँ ४० पैसा र बिक्रीदर नौ रूपैयाँ ४४ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रूपैयाँ ४७ पैसा र बिक्रीदर १९ रूपैयाँ ५५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ २५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ३५ पैसा र बिक्रीदर ३८ रूपैयाँ ५१ पैसा कायम भएको छ ।     
     
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ २८ पैसा र बिक्रीदर चार रूपैयाँ ३० पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३८ रूपैयाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रूपैयाँ ०६ पैसा र बिक्रीदर ३३ रूपैयाँ २० पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रूपैयाँ ०५ पैसा र बिक्रीदर १० रूपैयाँ ०९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ४९ पैसा र बिक्रीदर १४ रूपैयाँ ५६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रूपैयाँ ७१ पैसा र बिक्रीदर २१ रूपैयाँ ८१ पैसा तोकिएको छ ।     
     
 राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रूपैयाँ ८८ पैसा र बिक्रीदर १७ रूपैयाँ ९६ पैसा, कुवेती दिनार एकको खरिददर ४५६ रूपैयाँ ७९ पैसा र बिक्रीदर ४५८ रूपैयाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रूपैयाँ ६८ पैसा र बिक्रीदर ३७२ रूपैयाँ २७ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपैैयाँ ०१ पैसा र बिक्रीदर ३६४ रूपैयाँ ५७ पैसा रहेको छ । भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।     
     
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।     

salt training

कमेन्ट गर्नुहोस्