
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको निर्वाचन यही भदौ ११ गते हुने भएको छ ।
सभामुख देवराज घिमिरेले समितिको रिक्त सभापति पदका लागि बुधबार निर्वाचन तोकेको संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए ।
प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७६ को उपनियम (१) बमोजिम सभामुख घिमिरेले बुधबार समिति सभापतिको निर्वाचन तोकेको उनले बताएका छन् ।
यसअघि समिति सभापति रहेका कांग्रेस सांसद रामहरि खतिवडाले राजीनामा दिएपछि समिति नेतृत्वविहीन भएको थियो ।
निजामती कर्मचारी विधेयकमा कुलिङ अफ पिरियड सम्बन्धी व्यवस्थाबारे विवादित बनेपछि खतिवडाले राजीनामा दिएका थिए ।
त्यसअघि संसद्ले छानबिन समिति गठन गरेको थियो । समितिले खतिवडाले सभापतिका हैसियतमा नैतिक जिम्मेवारी लिनुपर्ने प्रतिवेदन पेस गरेको थियो ।
