३१ असार २०८३, बुधबार

नेपालमा सबै मानिसले राजनीति गर्नु आवश्यक छैन : राधिका शाक्य

भदौ ९, २०८२
काठमाडौं
नेपालमा सबै मानिसले राजनीति गर्नु आवश्यक छैन : राधिका शाक्य

प्रथम महिला राधिका शाक्यले नेपालमा सबै मानिसले राजनीति गर्नु आवश्यक नभएको बताएकी छन् । उनले प्रत्येक व्यक्तिको रुचि फरक हुने भएकाले आफ्नो रुचिअनुसारको क्षेत्रमा काम गर्नु नै उचित हुने सुझाव दिइन् । 

राष्ट्रिय युवा संघ नेपालले सोमबार आयोजना गरेको तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै शाक्यले नेपालमा ‘पोलिटिक्समा मात्र सफल भएकालाई सफल मान्ने समाजको मानसिकता’ कारण धेरै मानिस राजनीति तर्फ आकर्षित हुने गरेको टिप्पणी गरिन् । 

‘देशमा भएको सबै मानिसले पोलिटिक्स गरेर हुँदैन,’ शाक्यले भनिन्, ‘पोलिटिक्समा सफल भएको मान्छे मात्र सफल ठानिँदो रहेछ, अरु क्षेत्रमा सफलता हासिल गर्ने मानिसलाई त्यस्तो सफल मानिँदैन भन्ने हाम्रो सोच छ, तर त्यस्तो होइन ।’

उनले युवा संघलाई समाजमा रहेका विकृति र विसंगति विरुद्ध अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइन् । 

शाक्यले युवालाई सचेत र विवेकशील भएर अगाडि बढ्न आग्रह गर्दै भनिन्, ‘तपाईंहरू आजको वर्तमान र भोलिको भविष्य हो, तपाईंहरू राम्रो बाटोमा लाग्नुभयो भने हाम्रो भविष्य पनि राम्रो हुन्छ, वर्तमान पनि राम्रो हुन्छ तर, युवाहरू बिग्रिए वा बरालिए भने भविष्य पनि अन्धकारमय हुन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्