२९ जेठ २०८३, शुक्रबार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?

भदौ ११, २०८२
काठमाडौं
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । मङ्गलबारको तुलनामा नेपाली बजारमा आज सुनको मोल तोलमा तीन सय रुपैयाँले बढेको छ भने चाँदी १५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज एक तोला सुनको मूल्य एक लाख ९९ हजार रुपैयाँ निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी दुई हजार ३४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

हिजो मङ्गलबार एक तोला सुन एक लाख ९८ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, आज प्रतिऔंस सुन तीन हजार ३७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्