०४ साउन २०८३, सोमबार

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

भदौ ११, २०८२
काठमाडौं
जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

काठमाडौं महानगरपालिका- १५ बाट ​जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका- १५ अन्नपूर्ण चोकस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका- १८ बस्ने ४५ वर्षीय राजु नापितसहित ९ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २१ हजार १ सय ४५ रुपैयाँ र १० बुक ताससहित पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्