
काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता अरनिको पाँडेलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
न्यायाधीश ध्रुवराज कार्कीको इजलासले पाँडेलाई २० हजार धरौटीमा छाड्न शुक्रबार आदेश दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।
आफूलाई इमेलमार्फत अपशब्द प्रयोग गरेर दुर्व्यवहार गरेको भन्दै एक महिलाले साइबर ब्युरोमा निवेदन दिएकी थिइन् ।
साउन १२ मा परेको उजुरीमाथि छानबिनका क्रममा पाँडे बुधबार पक्राउ परेका थिए ।
प्रहरीले अनुसन्धान टुंग्याएपछि जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।