
काठमाडौँ, २७ मङ्सिर- नेपालमा मोबाइल ब्रोडब्यान्डको डाउनलोड स्पिड (क्षमता)मा सुधार आएको पाइएको छ । गएको नोभेम्बर महिनामा ओक्लाज स्पिड टेस्ट ग्लोबल इन्डेक्सले गरेको अध्ययन प्रतिवेदनअनुसार नेपालले सार्क राष्ट्रहरू भारत र श्रीलंकालाई उछिनेको छ ।
नोभेम्बरमा मोबाइल इन्टरनेटमा युरोपियन मुलुक नर्वे औषत ६२.६६ मेगाबिट्स पर सकेन्ड (एमबीपीएस) डाउनलोड स्पिडसहित सबैभन्दा अगाडि छ भने फिक्स्ड ब्रोडब्यान्डमा सिंगापुर १५३.८५ एमबीपीएस डाउनलोड स्पिडसहित पहिलो स्थानमा छ ।
नेपालमा मोबाइल ब्रोडब्यान्डको डाउनलोड स्पिड (क्षमता)मा सुधार आएको पाइएको छ । गएको नोभेम्बर महिनामा ओक्लाज स्पिड टेस्ट ग्लोबल इन्डेक्सले गरेको अध्ययन प्रतिवेदनअनुसार नेपालले सार्क राष्ट्रहरू भारत र श्रीलंकालाई उछिनेको छ । नोभेम्बरमा मोबाइल इन्टरनेटमा युरोपियन मुलुक नर्वे औषत ६२.६६ मेगाबिट्स पर सकेन्ड (एमबीपीएस) डाउनलोड स्पिडसहित सबैभन्दा अगाडि छ भने फिक्स्ड ब्रोडब्यान्डमा सिंगापुर १५३.८५ एमबीपीएस डाउनलोड स्पिडसहित पहिलो स्थानमा छ ।
इन्डेक्सअनुसार मोबाइल ब्रोडब्यान्डमा नेपालमा ९९ औं स्थानमा छ । यस्तै, फिक्स्ड ब्रोडब्यान्डमा भने ९२ औं स्थानमा रहेको छ । यो अध्ययनमा स्पिड टेस्ट मोबाइल एप र वेबसाइटमार्फत १७ अर्ब (१७ बिलियन) परीक्षणलाई समावेश गरिएको थियो, कारोबार दैनिकमा खबर छ ।