
उखु किसानले अनिश्चितकालीन राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने घोषणा गरेका छन् ।
आन्दोलनरत किसानले यही भदौ २५ गतेदेखि अनिश्चितकालीन राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने घोषणा गरेका हुन् ।
राजमार्ग अवरुद्ध हुँदा आम नागरिकमा पर्ने प्रतिकूल असरको जिम्मेवार सरकारले लिनु पर्ने उनीहरूको भनाइ छ ।
उखु उत्पादक महासंघ, नेपालको अगुवाइमा १३ जिल्ला किसान यही भदौ ८ गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्ना एवं विरोध प्रदर्शनमा छन् ।
सरकारले उखु किसानलाई दिनु पर्ने अनुदान रकममा बदनीयतपूर्ण ढङ्गबाट कटौती गरेको उनीहरूले बताएका छन् । रकम भुक्तानी गराउन तथा उखुको मुख्य तोक्दा किसानको सहभागिता सुनिश्चित गर्नुपर्ने उनीहरूको माग छ ।
तस्वीरहरू:









