११ साउन २०८३, सोमबार

रोजर बिन्नीको अवकाशपछि राजीव शुक्ला बीसीसीआईको कार्यवाहक अध्यक्ष

भदौ १४, २०८२
काठमाडौं
रोजर बिन्नीको अवकाशपछि राजीव शुक्ला बीसीसीआईको कार्यवाहक अध्यक्ष

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)को कार्यवाहक अध्यक्षको जिम्मेवारी राजीव शुक्लाले पाएका छन् । बीसीसीआईको अध्यक्ष रोजर बिन्नीको अवकाशपछि उक्त जिम्मेवारी शुक्लालाई दिइएको समाचारमा जनाइएको छ ।

भारतका पूर्वक्रिकेटर बिन्नी सन् २०२२ देखि बीसीसीआईको अध्यक्ष पदमा रहँदै आएका थिए ।

अब नयाँ अध्यक्षको चयन नभएसम्म शुक्लाले यो जिम्मेवारी समाल्ने छन् । पूर्वपत्रकार तथा राज्यसभा सदस्य शुक्ला बीसीसीआईका उपाध्यक्ष हुन् ।

बीसीसीआईको अध्यक्ष पदको निर्वाचन सेप्टेम्बरमा हुने सम्भावना छ । भर्खरै अवकाश पाएका रोजर बिन्नी भारतलाई सन् १९८३ मा आईसीसी एकदिवसीय विश्वकपको उपाधि चुमाउने टोलीका महत्त्वपूर्ण सदस्य हुन् ।

उक्त विश्वकपमा बिन्नीले सबैभन्दा बढी १८ विकेट लिएका थिए ।

उमेर ७० वर्ष पुगेकाले उनले बीसीसीआई अध्यक्ष पदबाट अवकाश पाएका हुन् । ७० वर्ष पुगेको व्यक्ति बीसीसीआईको कुनै पनि पदमा बस्न नपाउने नियम छ ।

salt training

कमेन्ट गर्नुहोस्