१९ असार २०८३, शुक्रबार

पहिरोले देहिमाडौं–गिरेगडा सडक अवरुद्ध

भदौ १४, २०८२
बैतडी
पहिरोले देहिमाडौं–गिरेगडा सडक अवरुद्ध

वर्षासँगै खसेको पहिरोका कारण बैतडीको देहिमाडौं–गिरेगडा सडक अवरुद्ध भएको छ ।

सडकखण्डको दशरथचन्द नगरपालिका–२ सुन्दरखाली नजिक सडक माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

हाल सवारीसाधन आवागमन पूर्ण रूपमा रोकिएको छ । आवागमन बन्द हुँदा गौराका लागि घर फर्किरहेका यात्रुहरूबीच बाटोमै समस्यामा परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले पहिरो पन्छाउन सडक डिभिजन कार्यालय पाटनको जेसीबी पठाइएर सडक खुलाउने प्रयास भइरहेको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्