
बाँकेमा मोटरसाइकलको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु भएको छ ।
जानकी गाउँपालिका-४ नहरचोकस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने शुभ प्रसाद सोनीको छोरा ९ वर्षीय सुमर कुमार सोनीको शनिबार राति मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको संजिवनी कलेज अफ मेडिकल साइन्सेज नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ ।