२१ असार २०८३, आइतबार
प्रधानमन्त्रीको चीन भ्रमण

प्रधानमन्त्री ओलीले आज सांंघाई शिखर सम्मेलनलाई सम्बोधन गर्ने, पुटिनसँग भेटवार्ता पनि आजै

भदौ १६, २०८२
काठमाडौं
प्रधानमन्त्री ओलीले आज सांंघाई शिखर सम्मेलनलाई सम्बोधन गर्ने, पुटिनसँग भेटवार्ता पनि आजै
फाइल तस्वीर

प्रधानमन्त्री केपी शर्मा ओलीले सांंघाई सहयोग सङ्गठन (एससीओ) प्लस शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै छन् । 

चीनको थियानजिनस्थित थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आइतबारदेखि शुरू भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधनको गर्ने कार्यक्रम छ । 

चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली यही भदौ १४ गतेदेखि पाँच दिने भ्रमणमा चीनमा छन् । 

प्रधानमन्त्री ओली र विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखबीचको दुईपक्षीय भेटवार्ताको क्रम पनि जारी छ । 

ओलीले आजै रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोनसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

salt training

कमेन्ट गर्नुहोस्