०६ असार २०८३, शनिबार

सर्विया र रसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

भदौ १६, २०८२
काठमाडौं
सर्विया र रसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

वैदेशिक रोजगारीका लागि सर्बिया र रसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका-८ बस्ने बारा कोल्हवी नगरपालिका-४ घर भएका २६ वर्षीय कार्तिक कुमार चौधरी र काठमाडौं महानगरपालिका-१६ बस्ने इलामको इलाम नगरपालिका-१ घर भएका २८ वर्षीय मनोज दाहाल रहेका छन् । 

पक्राउ परेकामध्ये कार्तिकले सर्बिया पठाइदिन्छु भन्दै १६ जना पीडितबाट ४२ लाख रूपैयाँ र मनोजले रसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कार्तिकलाई ललितपुर महालक्ष्मी नगरपालिका-८ बाट र मनोजलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्