
काठमाडौं, २७ मंसिर — भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माले सोमवार इटालीमा बिहे गरेपछि बिहेका तस्वीर र भिडियो अहिले खुबै भाइरल भइरहेका छन् ।
बिहेपछि बिदाइका बेलामा अनुष्का भावुक भएर रुन थालिन् र विराट उनलाई सम्हाल्न थाले ।
भिडियोमा अनुष्का चामल छर्किने विधि पूरा गरिरहेको देखिन्छिन् अनि उनको साथमा विराट कोहली र उनको परिवार देखिन्छ । उनीहरूको बिहे पञ्जाबी शैलीमा भएको थियो । दुवैले लगाएको बिहेको लुगा प्रसिद्ध फेशन डिजाइनर सव्यसाचीले बनाएका हुन् ।
हेरौं भिडियो :
Here's a video of Anushka's vidaai 😭 #VirushkaWEDDING pic.twitter.com/IUWf2v55Y1
— Virushka FC™ (@VirushkaWorld) December 12, 2017
एजेन्सीHere comes the sparkling bride ⭐️ pic.twitter.com/CHZqCpB4Bn
— Ritika Nagpal (@ritikanagpal) December 12, 2017