२२ असार २०८३, सोमबार

संघीय फोरमले विजयी जुलुस निकाल्दा दोहरो भिडन्त, प्रहरीले गोली चलायो

मंसिर २७, २०७४
संघीय फोरमले विजयी जुलुस निकाल्दा दोहरो भिडन्त, प्रहरीले गोली चलायो

बारा, २७ मंसिर– संघीय समाजवादी फोरम नेपालले निकालेको विजयी जुलसुमा झडप हुँदा प्रहरीले गोली चलाउनु परेको छ । 

बारामा पचरौता नगरपालिमा संघीय समाजवादी फोरमले विजयी जुलुस निकाल्दा झडप भएको हो । विजयी जुलुसको विरोध गर्दै केही युवा सडकमा उत्रिए पछि दुई पक्षबीच झडप भएको हो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ ।

नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गरी बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका फोरम उम्मेदवार रामसहाय प्रसाद यादवले विजयी जुलुस निकालेका थिए । यादवले विजयी जुलुस निकाल्दा कांग्रेसका पराजित उम्मेदवार राधे चन्द्र यादवका कार्यकर्ताले अवरोध गर्न खोजेका थिए । 

दुवै पक्षबीच भएको झडपमा फोरम र कांग्रेसका कार्यकर्तासहित केही प्रहरी पनि घाइते भएका छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्