२२ असार २०८३, सोमबार
सामाजिक सञ्जाल बन्दको निर्णय

सामाजिक सञ्जाल बन्दको प्रक्रिया अघि बढ्यो, प्राधिकरणले सेवाप्रदायकलाई पठायो पत्र

भदौ १९, २०८२
काठमाडौं
सामाजिक सञ्जाल बन्दको प्रक्रिया अघि बढ्यो, प्राधिकरणले सेवाप्रदायकलाई पठायो पत्र

नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्दको प्रक्रिया अघि बढेको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशन अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार साँझ सबै सेवा प्रदायकलाई पत्राचार गर्दै सामाजिक सञ्जाल बन्द गर्न निर्देशन दिएको छ ।

प्राधिकरण स्रोतका अनुसार सञ्चार मन्त्रालयको निर्देशन अनुसार निर्णय गर्दै सेवा प्रदायकलाई निर्देशसहितको पत्र पठाइएको हो । उनीहरूलाई इमेलमार्फत् पत्राचार गरिएको प्राधिकरण स्रोतले जनाएको छ । 

यससँगै अब नेपालमा सूचीकरण हुन नआएका फेसबुक, युट्युब, इन्स्टाग्राम, व्हाटसएप, एक्स लगायतका २६ वटा सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द (निष्क्रिय) हुने भएका छन् ।

बिहीबार सञ्चार मन्त्रालयमा बसेको बैठकले बिहीबारदेखि नै लागू हुनेगरि यी सामाजिक सञ्जाल प्लेटफर्मलाई निष्क्रिय पार्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको थियो । 

प्राधिकरणका अनुसार नेपालमा १०७ आईपीएस र दुई भ्वाइस अपरेटर सेवा प्रदायक छन् । 

यसअघि सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाललाई नेपालमा सूचीकृत हुन अन्तिम पटकका लागि सात दिनको समय दिएको थियो । मन्त्रिपरिषद् बैठकबाटै निर्णय गरेर दिइएको उक्त समयावधि बुधबार गुज्रिएको थियो । तर, निर्धारित समयमा तोकिएका सामाजिक सञ्जाल प्लेटफर्मले सूचीकरणका लागि निवेदन नदिएपछि सरकारले निष्क्रिय पार्न लागेको हो ।

दर्ता भएका टिकटक र भाइबर भने बन्द हुने छैनन् । 

null

salt training

कमेन्ट गर्नुहोस्