३१ असार २०८३, बुधबार

बाँकेको बाल सुधार गृहमा झडप, ५ जनाको मृत्यु​

भदौ २५, २०८२
नेपालगञ्ज
बाँकेको बाल सुधार गृहमा झडप, ५ जनाको मृत्यु​

नौवस्तास्थित बाल सुधार गृहमा झडप हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् ।​

नौवस्ता कारागारका प्रमुख जालन्धर भुसालका अनुसार, बालबिज्याईकर्ता गेट फोरेर बाहिर निस्कन खोज्दा भएको झडपमा उनीहरूको मृत्यु भएको हो ।

कारागारमा रहेका ५८५ मध्ये १४९ जना र बालसुधार गृहबाट ७६ जना भागेको उल्लेख गर्दै बालबिज्याईकर्ता र थुनुवालाई एकै ठाउँमा राखेका कारण यो अवस्था सृजना भएको हो ।

झडपमा घाइते भएकाहरूलाई नेपालगञ्जस्थित भेरी अस्पताल ल्याइएको थियो ।

ती घाइतेमध्ये पाँच जनाको उपचारको क्रममा मृत्यु भएको हो । अन्य घाइतेको जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्