२९ असार २०८३, सोमबार

गाउँपालिका कार्यालय तोडफोड गरेको आरोपमा १६ जना पक्राउ

भदौ २५, २०८२
बुटवल
गाउँपालिका कार्यालय तोडफोड गरेको आरोपमा १६ जना पक्राउ

कपिलवस्तुको विजयनगर गाउँपालिका कार्यालयमा तोडफोड गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।​

जेनजी आन्दोलन स्थगित भएको अवस्थामा केही युवाहरूले बुधबार जनप्रतिनिधिका कुर्सी, नेमप्लेटलगायत सामग्री कार्यालय बाहिर ल्याई तोडफोड तथा आगजनी गर्ने क्रममा स्थानीय १६ जनालाई नियन्त्रणमा लिइएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दिलकुमार तामाङले जानकारी दिए ।

उनका अनुसार, कार्यालयमा क्षति हुन नदिन प्रहरीले तत्कालै हस्तक्षेप गरी युवाहरूलाई नियन्त्रणमा लिएको र थप अप्रिय घटना हुन नदिन सुरक्षा कडाइ गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्