२२ असार २०८३, सोमबार

तुलसीपुर कारागारबाट भागेका ४० कैदीबन्दी पक्राउ​

भदौ २५, २०८२
दाङ
तुलसीपुर कारागारबाट भागेका ४० कैदीबन्दी पक्राउ​

दाङको तुलसीपुर कारागारबाट भागेका ४० कैदीबन्दीलाई पक्राउ गरिएको छ ।

सेनाको सहयोगमा उनीहरूलाई पक्राउ गरिएको कारागार कार्यालय तुलसीपुरका प्रमुख गिरबहादुर सेजुवालले जानकारी दिए ।

आज र हिजो कारागारबाट कैदीबन्दी भागेका थिए । आज बिहान मात्रै २५३ कैदीबन्दी भागेका थिए ।

तीमध्ये ४० जनालाई पक्राउ गरिएको हो । आज भागेका मध्ये २१३ र हिजो भागेका १२४ गरी ३३७ जना अझै फरार रहेको उनले बताए । भाग्नेहरू सबै पुरुष कैदी हुन् । कारागारमा जम्मा ४६९ कैदीबन्दी थिए ।

तीमध्ये महिला कैदीहरू भने भागेका छैनन् । कैदीहरूले कारागार तोडफोड गरी भागेका थिए । सेनाले हवाई फायर गर्दागर्दै पनि उनीहरू भाग्न सफल भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्