०८ असार २०८३, सोमबार

देशभरका जेलबाट भागेकामध्ये ३०३ कैदीबन्दी पक्राउ, ७३ वटा हतियार बरामद

भदौ २५, २०८२
काठमाडौं
देशभरका जेलबाट भागेकामध्ये ३०३ कैदीबन्दी पक्राउ, ७३ वटा हतियार बरामद

विभिन्न कारागारबाट फरार भएका ३०३ जना कैदीबन्दी पक्राउ परेका छन् । 

नेपाली सेनालगायत अन्य सुरक्षा निकाय परिचालन भएपछि बुधबार दिउँसो १ बजेदेखि ५ बजेसम्मको अवधिमा सुनसरीमा २०२, सप्तरीमा ४, रुकुम पश्चिममा ४३, कपिलवस्तुमा ५० र म्याग्दीमा ४ जनालाई पक्राउ गरिएको हो ।

नेपाली सेनाले महाराजगञ्ज क्षेत्रबाट लुटपाटमा संलग्न अन्य ४ जनालाई पक्राउ गरी सात नाल हतियार, म्यागजिन, राउन्ड, ब्युनेटसहितका एसेसरिज तथा व्यक्तिगत सामग्री बरामद गरेको छ ।

null

विशेष सूचनाका आधारमा बालाजु माछापोखरी क्षेत्रबाट थप एक नाल हतियार बरामद गरिएको छ। यससँगै हालसम्म ७३ नाल हतियार बरामद भएको सेनाले जनाएको छ।

काभ्रेको धुलिखेल जिल्ला कारागारमा कैदीबन्दी र प्रहरीबीच झडप भएपनि स्थिति नियन्त्रणमा आएको जनाइएको छ ।

त्यस्तै, डिल्लीबजार कारागारमा लागेको आगो नेपाली सेना तथा अन्य निकायको संयुक्त प्रयासमा नियन्त्रणमा आएको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्