
काठमाडौं, १ पुस— प्रतिनिधिसभा र प्रदेशसभाको पछिल्लो निर्वाचनबाट वामपन्थी दलहरु झण्डै दुई तिहाईको नजिक पुगेका छन् भने नेपाली कांग्रेस इतिहासमै कमजोर अवस्थामा पुगेको आजको कान्तिपुरमा विशेष रिपोर्ट छापिएको छ ।
राप्रपालगायतका अनुदारवादी शक्ति विलाउँदै गएका छन् भने मधेसी दल नयाँ शक्तिका रुपमा उदाएका छन् । ०१५ देखि अहिलेसम्मका ७ निर्वाच्नमा वामपन्थी वर्चस्व बढ्दै गएको देखिन्छ ।