०३ असार २०८३, बुधबार

सँस्कृतिका नाममा सयभन्दा बढी किशोरी र विधवासँग ‘सम्पर्क’ गर्नेलाई यस्तो सजाय !

कात्तिक २०, २०७४
सँस्कृतिका नाममा सयभन्दा बढी किशोरी र विधवासँग ‘सम्पर्क’ गर्नेलाई यस्तो सजाय !
मालावी, १३ मंसिर– सँस्कृति संरक्षणका नाममा सयभन्दा बढी किशोरी र महिलाहरूसँग यौन सम्पर्क गर्ने एक व्यक्तिलाई दुई वर्षको कठोर श्रमको सजाय तोकिएको छ । उनलाई यौन सम्पर्कका लागि सम्बन्धित परिवारहरूले पैसा समेत दिएको बताइएको छ । पहिलो पटक आफ्ना किशोरीहरू महिनावारी भएपछि तथा कुनै महिला विधवा भएपछि तिनलाई मालवीयनहरू यौन सम्पर्क गराउने गर्दछन् । यो उनीहरूको सँस्कृति हो । यसो गर्दा पवित्रता प्राप्त हुने विश्वास छ ।timthumb (1)

एरिक अनिभा नामका यी पुरुष एचआइभी संक्रमित हुन् तर उनले यौन सम्पर्कका दौरान कण्डम प्रयोग गरेका थिएनन् । मालावीका महिलावादी संस्थाहरूले अहिले अनिभालाई लिएको सजाय अपर्याप्त भएको भन्दै विरोध जनाएका छन् । ‘ गम्भीर सन्देश दिने यो अवसर छुट्यो,’ डोनर डाइरेक्ट याक्सनका नामक महिला अधिकारवादी संस्थाका उपनिर्देशक आन्बेर राजले भने ,‘ तर त्यसो भन्दाभन्दै पनि उसलाई सजाय तोकियो । प्राय यस्ता घट्नामा बिरलै सजाय दिइएका उदाहरण छन् ।’
राजका अनुसार अनिभाले यति हल्का सजाय पाउनुको एउटै कारण हो–प्रतक्ष्यदर्शीको बयानको अभाव । मालावीका राष्ट्रपतिले समेत अनिभालाई महिला तथा बालबालिका करणीमा दिइएकोे यो सजायको पक्षमा बोलेका छन् । अनिभाले यौन सम्पर्क गरेका किशोरीहरू पत्ता लगाउन कठिन छ किनकि उनीहरू आफूमाथि भएको घटनाबारे उल्लेख गर्न चाहँदैनन् । महिलाअधिकारवादी समूहहरूले यो निर्णयमाथि पुनर्विचार गर्न सरकारमाथि दबाब दिएका छन् । यो घटनामाथि अन्र्तर्राष्ट्रिय दबाब समेत भएकाले अनिभालाई अझै कडा दण्ड दिइन सक्ने बताइएको छ । -एनपीआरडटओआरजी

salt training

कमेन्ट गर्नुहोस्