२० असार २०८३, शनिबार

ह्विलचियर टी—२० क्रिकेटः नेपाल विजयी

ह्विलचियर टी—२० क्रिकेटः नेपाल विजयी

काठमाडौं, १ पुस—पहिलो पटक आयोजना गरिएको टी— ट्वान्टी अन्तराष्ट्रिय ह्विलचियर प्रतियोगिताको उपाधि आयोजक नेपालले जितेको छ । कीर्तिपूरमा भएको प्रतियोगितामा बंगलादेशलाई ५४ रनले हराउदै नेपाल  विजयी भएको हो । 
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ३ विकेट गुमाउदै १ सय ६० रन बनाएको थियो । नेपालका लागि दिगम चेम्जोङ लिम्बुले ७९ रन बनाए भने नविन राईले ५९ रन बनाए । 
जवाफमा बंगलादेश १८ ओभर दुई बलमा एक सय ६ रनमा अलआउट भयो । बंगलादेशका लागि मोर्सेद आलमले २० तथा उज्जल बैरागीले १७ रन बनाउदा बाकि खेलाडी सस्तैमा समेटिए । 
 
नेपालमा पहिलो पटक आयोजना भएको प्रतियोगितामा भारतको पनि सहभागिता रहेको थियो ।  
 

salt training

कमेन्ट गर्नुहोस्