०८ असार २०८३, सोमबार

यी शासक लुगा लगाउन मात्रै दुई घण्टा खर्चिन्थे

पुस १, २०७४
यी शासक लुगा लगाउन मात्रै दुई घण्टा खर्चिन्थे

विश्व राजनीतिमा फ्रान्स राम्राज्यका सम्राट नेपोलियन बोनापार्टको चर्चा अहिले पनि उत्तिकै हुन्छ । नेपोलियन प्रथमको रूपमा सन् १८०४ देखि १८१४ सम्म फ्रान्सको सम्राट भएका उनले सन् १८१५ मा फेरि दोस्रोपटक नेतृत्व गरेका थिए । उनको समयमा भएका सबै युद्धमा उनले फ्रान्सको नेतृत्व गर्दै पूरै युरोपलाई आफ्नो अधीनमा राखेका थिए । सन् १८१५ अघि प्रायः सबै लडाइँ जितेर युरोप महादेशका पूरैजसो भूभाग आफ्नो कब्जामा राखेका थिए ।

शासक नेपोलियनको लाइफस्टाइल अचम्मको थियो । उनी राजनीति र लडाइँका योजनामा जति कुशल थिए, लवाइमा पनि उत्तिकै पोख्त । त्यसैले त उनी ‘पर्फेक्टनिस्ट’का रूपमा चिनिन्छन् । उनी नुहाउन र पहिरनमा मात्रै दुई घण्टाभन्दा बढी समय खर्चिन्थे रे !

बिहान ६ बजे नै उठिसक्नुपर्ने बानी भएका उनी सबैभन्दा पहिले कफी पिउँथे । त्यसपछि नुहाएर राजकीय पोसाक लगाउनमा समय खर्चिन्थे । विशेष र राम्रो पहिरन चाहिने उनी बिहानको दुई घण्टा त्यसैका लागि समय दिन्थे ।

बिहानको खाजा लिनुअघि ‘वाक’मा निस्किने उनको नियमित तालिका थियो । ग्यास्ट्रिकका रोगी भएकाले उनी थोरै मात्रै खाना खान्थे । -नयाँ पत्रिकाबाट 

salt training

कमेन्ट गर्नुहोस्