०९ असार २०८३, मंगलबार

यी चर्चित सेलेब्रिटी जसले गरे भारतबाहिर बिहे

पुस १, २०७४
यी चर्चित सेलेब्रिटी जसले गरे भारतबाहिर बिहे

अभिनेत्री अनुष्का शर्माले क्रिकेटर प्रेमी विराट कोहलीसँग ११ डिसेम्बरमा इटलीको टस्कनीमा बिहे गरिन् । अनुष्का मात्रै होइन, अन्य केही बलिउड सेलेब्रिटीले पनि आफ्नो बिहे भारतबाहिर गरेका छन् ।

भारतीय अनलाइनले विदेशमा बिहे गरेका केही सेलेब्रिटीबारे रिपोर्ट तयार गरेको छ । त्यसमा कुणाल कपुर–नैना बच्चनदेखि आदित्य चोपडा–रानी मुखर्जीसम्म छन् ।

कुणाल–नैना 
अभिनेता कुणाल कपुरले अमिताभ बच्चनकी भतिजी नैना बच्चनसँग सेसेल्ड आइसल्यान्डमा बिहे गरेका हुन् । उनीहरूले सन् २०१५ को ९ फेब्रुअरीमा परिवारका केही सदस्यका बीच बिहे गरेका हुन् । गोल्ड फिल्ममा अक्षयकुमारका साथ अभिनय गरिरहेका कुणाल अभिताभको ज्वाइँ पर्छन् । कुणाल र नैनाले आफ्नो प्रेमलाई आइसल्यान्डमा पुगेर बिहेमा परिणत गरेका हुन् ।

माधुरी–डा.श्रीराम
अभिनेत्री माधुरी दीक्षितले डा. श्रीराम नेनेसँग भारतबाहिर नै बिहे गरेकी हुन् । अर्थात्, उनीहरूले सन् १९९९ अक्टोबर १७ मा अमेरिकामा बिहे गरेका थिए । उनीहरूले आफूहरूको प्रेमलाई अमेरिकामा भव्य रूपमा बिहेमा परिणत गरेका हुन् । माधुरी सन् २०१४ मा रिलिज भएको ‘गुलाब ग्याङ’पछि पर्दामा देखिएकी छैनन् ।

रानी–आदित्य
अभिनेत्री रानी मुखर्जी र निर्माता, निर्देशक आदित्य चोपडाले पनि भारतबाहिर बिहे गरेका हुन् । उनीहरूले आफूहरूबीचको लामो समयको प्रेमलाई इटलीमा बिहेमा परिणत गरेका हुन् । रानी र आदित्यले आफूहरूले बिहे गरेको कुरा केही समय लुकाउन सफल भएका थिए । उनीहरूको बिहेमा परिवारका केही सदस्य र निकट साथीलाई मात्र बोलाइएको थियो । उनीहरूले १४ अप्रिल २०१४ मा बिहे गरेका हुन् ।

प्रीति–जिन
एक समयकी चर्चित अभिनेत्री प्रीति जिन्टाले पनि भारतबाहिर बिहे गरेकी हुन् । उनले आफ्ना प्रेमी जिन गुडइनफसँग सन् २०१६ मा अमेरिकामा बिहे गरेकी हुन् । उनको बिहे लस एन्जलसमा निकै निजी तवरले भएको थियो । उनका पति जिन अमेरिकास्थित हाइड्रो इलेक्ट्रिसिटी पावर कम्पनीमा उपप्रमुख छन् । प्रीतिको पछिल्लोपटक सन् २००८मा ‘हिरोज’ फिल्म रिलिज भएको थियो ।

जोन–प्रिया
अभिनेता जोन अब्राहमले आफ्नी प्रेमिका प्रिया रुन्चलसँग अमेरिकामा बिहे गरेका हुन् । उनीहरूले सन् २०१४ मा लस एन्जलसमा गुपचुपमा बिहे गरेका हुन् । झन्डै एक दशक अभिनेत्री निपाशा बासुसँग लिभ इन रिलेसनसिपमा रहेका जोनले आफ्नो बिहेलाई गोप्य नै राख्ने कोसिस गरेका थिए । त्यसैले उनले अमेरिका पुगेर बिहे गरेको बताइन्छ ।

लिजा–डिनो 
अभिनेत्री, मोडल लिजा हेडनले पनि बिहेका लागि विदेश नै रोजिन् । उनले आफ्ना प्रेमी डिनो ललवानीसँग सन् २०१६ को अक्टोबरमा थाइल्यान्डको फुकेटमा बिहे गरेकी हुन् । लिजा पछिल्लोपटक एक वर्षअघि प्रदर्शित ‘ए दिल है मुस्किल’मा केमियो भूमिकामा देखापरेकी थिइन् । -नयाँ पत्रिकाबाट 

salt training

कमेन्ट गर्नुहोस्