०२ असार २०८३, मंगलबार

पत्रकार अनुरागीलाई मकेश्वरबाबु उत्कृष्ठ सामाजिक सेवा पुरस्कार

पत्रकार अनुरागीलाई मकेश्वरबाबु उत्कृष्ठ सामाजिक सेवा पुरस्कार

जनकपुरधाम ६ पुस– मकेश्वर बाबु प्रतिष्ठानले यस बर्षको मकेश्वरबाबु उत्कृष्ठ सामाजिक सेवा पुरस्कार लोकान्तरका प्रदेश प्रतिनिधि अजय अनुरागीलाई प्रदान गरेको छ । 

मकेश्वरबाबुको सातौं पुण्य तिथीको अवसरमा प्रतिष्ठानले बिहीवार जनकपुरमा आयोजित श्रद्धाञ्जली सभामा लोकान्तरका प्रदेश नम्बर २ प्रतिनिधि अनुरागीलाई ५ हजार १ सय १ रकम र कदर पत्र सहित सम्मान गरेको हो । 

जनकपुरमा ‘विकास पुरुष’ भनेर चिनिने मकेश्वर प्रसाद सिंहको सातबर्ष पहिले ६ पुष २०६७ मा निधन भएको थियो । आमजनले उनलाई सम्मान स्वरुप मकेश्वर बाबु भन्ने गर्दथे । ८४ बर्षको उमेरमा उनको निधन भएको थियो । 

स्वर्गीय मकेश्वर बाबुका नाती रितेश सिंह अध्यक्ष रहेको उक्त प्रतिष्ठान २०६८ सालमा स्थापना भएको थियो । प्रतिष्ठानले २०६८ सालमा  सालमा समाजसेवी अमरचन्द्र अनिल, २०६९ सालमा बरिष्ठ पत्रकार राजेश्वर नेपाली, २०७० सालमा समाजसेवी पवन सिंघानिया, २०७१ सालमा गंगा आरतीका अभियन्ता तथा पत्रकार रामअशिष यादव, २०७२ सालमा मिथिला नाटयकला परिषद र २०७३ सालमा अनाथ आश्रम संचालक सत्यनारायण आलोकलाई पुरस्कृत गरेको थियो । 
मकेश्वर बाबुले यो समाजको विकासका लागि गरेको योगदानलाई स्मरण गर्दै अरु मानिसहरु पनि देश र समाजको विकासका लागि प्रेरित हुन सकोस् र मकेश्वर बाबुको स्मरण हुन सकोस् भन्ने उद्देश्यले पारिवारिक प्रतिष्ठानले प्रत्येक बर्ष उनको पुण्य तिथीमा समाजका समाजसेवीलाई पुरस्कार प्रदान गरेर सम्मान गर्ने गरेको प्रतिष्ठानका अध्यक्ष रितेश सिंहले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्