
काठमाडौं ७ पुस– राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेश पारित गर्ने विषयमा सहमति गर्न बसेको प्रमुख पाँच दलको बैठक विना निश्कर्ष सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बिहान बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति कार्यालयमा विचाराधिन अध्यादेश पारित गरेर राजनीतिक निकाश खोज्न प्रस्ताव गरेका थिए ।
राजनीतिक दलहरुबीच संवादको प्रक्रिया शुरु भएको र छलफल गरेर सहमतिमा पुग्नेगरी बैठक सकिएको माओवादी केन्द्रका नेता नारायणकजी श्रेष्ठले बैठकपछि जानकारी गराए ।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रिय सभाको गठन एकल संकमणीय आधारमा हुनुपर्ने बताए ।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्य्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राजपा अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव लगायतको सहभागिता रहेको थियो ।