२४ जेठ २०८३, आइतबार

सुर्खेतमा आगलागी : चार करोड बढीको क्षति

सुर्खेतमा आगलागी : चार करोड बढीको क्षति

सुर्खेत, ८ पुस– सुर्खेतको बसपार्कको पश्चिमतर्फ सम्राट गेष्ट हाउस नजिकै रहेका पसलमा शुक्रबार आगलागी हुँदा ४ करोड ३३ लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीबाट ६ वटा फेन्सी पसल र २ वटा सब्जी मन्डी ध्वस्त भएक छन् ।
बिद्युत्को तार शट भएर आगलागी भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

राति पौने १० बजेदेखि शुरु भएको आगो  बिहान साढे सात बजेसम्म पनि पुर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणमा लिने प्रयास भइरहेको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्