०८ असार २०८३, सोमबार

काठमाडौँ महानगरका मेयर विद्यासुन्दरले के गर्न थाले यस्तो !

पुस ८, २०७४
काठमाडौँ महानगरका मेयर विद्यासुन्दरले के गर्न थाले यस्तो !

काठमाडौँ, ८ पुस- बालाजु हाइटका हरिशरण बिष्ट जग्गा प्लानिङ गर्ने व्यक्तिले सार्वजनिक जग्गा मिचेको गुनासो लिएर बिहीबार काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाई भेट्न कार्यालयमा दिनभर कुरे। 

नगरप्रमुखका सचिवालयका कर्मचारीले उनलाई प्रतिक्षा कक्षमा राखे। हातमा फाइल लिएका उनी मेयरलाई भेटेर आफ्नो गुनासो हतारमा थिए। धेरैबेर कुर्दा पनि भेट्न नपाएपछि उनी जबर्जस्ती नगरप्रमुखको कार्यकक्षमा छिरे। तर प्रमुख कार्यकक्षमा थिएनन्। गोप्य कोठामा थिए। बिष्टकै भनाइमा ‘भूमाफिया’ले बाटो नभएको जग्गा किने अनि सार्वजनिक जग्गाबाट बाटो लगेर प्लानिङमाजोडेपछि उनी तीन वर्षदेखि निरन्तर उनी प्रशासन, अख्तियार र अदालत धाइरहेका छन्।

कान्तिपुर दैनिक लेख्छ- अख्तियार र अदालतले जग्गा संरक्षण गर्न महानगरलाई पत्र लेखे। कर्मचारीकै ढिलासुस्तीकाका कारण काम नभएको भन्दै बिष्ट प्रमुख शाक्यलाई नै भेटेर गुनासो राख्न चाहन्थे। 
 प्रमुख शाक्यलाई भेट्न बौद्ध, तीनचुलीबाट जाङ्मु शेर्पालगायत तीनजना पनि कार्यकक्षमै छिरे |उनीहरू पनि सार्वजनिक जग्गा मिचिएको गुनासो लिएरै नगरप्रमुखकहाँ आएका थिए।

मंसिर १४ देखि नगरप्रमुखलाई भेट्ने प्रयास थालेको तर सफल नभएको उनीहरूको गुनासो छ। तर पीए भने चाहेका व्यक्तिलाई गोप्य ढोकाबाट त कहिले कार्यकक्षको ढोका हुँदै नगरप्रमुखलाई भेटाइरहेका थिए।

salt training

कमेन्ट गर्नुहोस्