२२ असार २०८३, सोमबार

एभरेष्ट प्रिमियर लिग क्रिकेटमा आज पनि दुई खेल हुँदै

एभरेष्ट प्रिमियर लिग क्रिकेटमा आज पनि दुई खेल हुँदै

काठमाडौं, ८ पुस– एभरेष्ट प्रिमियर लिग क्रिकेटमा शनिबार पनि दुईवटा खेल हुँदैछन् । पहिलो खेल बिहान ९ बजे र दोस्रो खेल दिउँसो १ बजे शुरु हुने छ । 
 बिहान ९ बजेपछि सुरु हुने पहिलो खेलमा विराटनग वारियर्स र भैरहवा ग्लाडिएटर्स भिड्दैछन् । पारस खड्काको कप्तानीमा रहेको विराटनगर अहिलेसम्म अपराजित रहँदै प्रतियोगिताको प्लेअफमा पुगिसकेको छ भने शरद भेषावकरको नेतृत्वमा रहेको भैरहवाले पनि खेलेका दुईमध्ये दुवै खेल जितेको छ ।
दिउँसो १ बजेपछि सुरु हुने दोश्रो खेलमा ललितपुर प्याट्रिएट्स र चितवन टाइगर्स खेल्नेछन् । ३ मध्ये २ खेल जितेको ललितपुर अंक तालिकाको चौथो स्थानमा छ भने खेलेका  तीनमध्ये तीनै खेल हारेको चितवन अंक तालिकाको पुछारमा छ ।

salt training

कमेन्ट गर्नुहोस्