२९ असार २०८३, सोमबार

किसुनजीको जन्मोत्सवमा पुगेर ओलीले गरे गाई–भैंसी चराएको कुरा

किसुनजीको जन्मोत्सवमा पुगेर ओलीले गरे गाई–भैंसी चराएको कुरा

काठमाडौं, ८ पुस– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले नेपाली कांग्रेस र त्यसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाप्रति कडा अभिव्यक्ति दिइरहन्छन् । 

चुनावमा वाम गठवन्धनले स्पष्ट बहुमत ल्याउँदा पनि कांग्रेसले सत्ता छाड्न आनाकानी गरेको ओलीले आरोप लगाउँछन् । त्यसैले धेरैले भन्छन्, ‘ओली र कांग्रेसका नेताको बोलचाल नै हुँदैन ।’

तर शनिवार मध्याह्न भने ओली सबैको अनुमान विपरित नेपाली कांग्रेसका नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईको जन्मोत्सवमा देखा परे ।  

कृष्णप्रसाद भट्टराईको ९४ औं जन्मोत्सवको अवसरमा शनिवार राजधानीमा एक औपचारिक कार्यक्रम आयोजना गरिएको थियो । जसमा ओली पनि सहभागी भए । 

कार्यक्रममा बोल्दै भावी प्रधानमन्त्रीका रुपमा हेरिएका ओलीले आफूमा कुनै पनि शासको जस्तो रवाफ नभएको बताए । कांग्रेस नेताहरुले आफूलाई अहंकार देखाएको आरोप लगाएको भन्दै ओलीले भने, ‘गाउँमा गाई–भैंसी चराएर हुर्किएको ठिटो हुँ । शासकीय स्वभाव र रवाफ छैन ।’

ओलीले आफूमा दम्भ नभएको पनि बताए । ‘मैले कतै दम्भ देखाउनु पनि छैन । न त दम्भ देखाउने कुलघरानाको नै हुँ,’ ओलीले कार्यक्रममा भने । 

ओलीले अब पनि इमानमा टिकेर काम गर्ने बताए । 

कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह लगायतको उपस्थिति थियो । 

salt training

कमेन्ट गर्नुहोस्