
चितवन, ९ पुस— नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका विषयमा गतल प्रचार गरिएको आरोप लगाएका छन् । चितवनमा बाम बुद्धिजीवीले आयोजना गरेको कार्यक्रममा प्रचण्डले आफूले बोल्दै नबोलेको कुरा सञ्चारमाध्यमा आएको भन्दै आपत्ति जनाए ।
पार्टी एकताका सन्दर्भमा सञ्चारमाध्यममा कपोलकल्पित र भ्रामकरुपमा आएको उनको भनाइ छ । उनले पार्टी एकताबाट पछाडि फर्कन सक्ने अवस्था नरहेको बताएका छन् ।
अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी एकता टुंगोमा पर्याउने गरी वार्ता जारी रहेको भन्दै कुनै भ्रममा नपर्न आग्रह गरे । ‘पुल रह्यो भने पछाडि फर्कन सकिन्छ भनेर केपीजी र मैले पुल भत्काएर अगाडि बढेका छौं,’ उनले भने, ‘पार्टी एकता गम्भीरताका साथ अगाडि बढेको छ, अब टुंग्याउने ढंगले अगाडि बढेको छ ।’
भिडियो: मनहरि तिमिल्सिनाको फेसबुकबाट