२१ असार २०८३, आइतबार

एमाले-माओवादी एकता संयोजन समितिको बैठक आज

पुस ११, २०७४
एमाले-माओवादी एकता संयोजन समितिको बैठक आज

काठमाडौँ,११ पुस  - वाम गठबन्धनमा आबद्ध नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकीकरणका लागि गठन भएको पार्टी एकता संयोजन समितिको बैठक मङ्गलबार बस्दैछ । बैठकमा पार्टी एकताका खाकाबारे विस्तृत रूपमा छलफल हुने बताइएको छ । 

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि पहिलोपटक बस्न लागेको संयोजन समितिको बैठकको समय र ठाउँ भने तय भइसकेको छैन । एमाले सचिव प्रदीप ज्ञवालीका अनुसार मङ्गलबार समितिको बैठक बस्ने मोटामोटी तयारी भएको छ तर ठाउँ र समय तय भइसकेको छैन । 
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मङ्गलबार बिहान चितवनमा एक कार्यक्रम रहेको र त्यसपछि उनी  काठमाडौँ फर्केपछि बैठक बस्ने तयारी भएकाले समय र स्थान तय हुन नसकेको उनले जानकारी दिए  । यद्यपि बैठक बस्ने तयारी दुवै दलबाट भएको सचिव ज्ञवालीले जानकारी दिए । 
त्यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस सहयोगी मनहरि तिमिल्सिनाका अनुसार मङ्गलबारको बैठक तय भइसकेको छ । अध्यक्ष प्रचण्ड काठमाडौँ फर्किएपछी  समितिको बैठकमा भाग लिने बताउँदै उनले अपराह्नसम्म बैठक बस्ने बताए । 
दुई कम्युनिस्ट पार्टीको एकताबारे विभिन्न टिकाटिप्पणी भइरहँदा संयोजन समितिको बैठकको तयारी गरिएको गोरखापत्रमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्