११ साउन २०८३, सोमबार
प्रतिनिधिसभा निर्वाचन

नाउपा नेपालका रेशम चौधरीको उम्मेदवारी खारेज

माघ ८, २०८२
काठमाडौं
नाउपा नेपालका रेशम चौधरीको उम्मेदवारी खारेज

कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका नाउपा नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले बिहीबार चौधरीको उम्मेदवारी खारेजीको निर्णय गरेको हो । बुधबार उनीविरुद्ध उजुरी परेको थियो । 

निर्वाचन अधिकृत देवराज भारतीले गरेको निर्णय आदेशमा जन्मकैदको सजाय पाएका चौधरीलाई राष्ट्रपतिबाट माफी भएको देखिएता पनि मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ को उपदफा (१०) बमोजिम राष्ट्रपतिबाट माफी भएको कारणले अदालतको फैसला बदर हुने छैन भन्ने समेतको मौजुदा कानूनी व्यवस्था रहेको र निर्वाचन आयोगको मिति २०८०/११/२४ गतेको निर्णयबाट  चौधरी राजनीतिक दलको सदस्य समेत बन्न अयोग्य हुने उल्लेख छ ।

उनीविरुद्ध २०७२ भदौ ७ को टीकापुर हत्याकाण्डको मुख्य योजनाकारका रूपमा मुद्दा दायर भएको थियो । कैलाली जिल्ला अदालतले २०७५ फागुन २२ गते उनलाई दोषी ठहर गरेको थियो । 

गणतन्त्र दिवसको अवसरमा उनलाई २०८० जेठ १५ गते रिहा गरिएको थियो । 

nullnull

salt training

कमेन्ट गर्नुहोस्