२८ असार २०८३, आइतबार

डिशहोम इन्टरनेटले शुरू गर्‍यो ‘सर्भिस अन डोर–एसओडी’ अभियान​

माघ १६, २०८२
काठमाडौं
डिशहोम इन्टरनेटले शुरू गर्‍यो ‘सर्भिस अन डोर–एसओडी’ अभियान​

डिशहोम इन्टरनेटले ‘सर्भिस अन डोर–एसओडी’ अभियान शुरू गरेको छ ।​

आफ्ना इन्टरनेट सेवाहरूलाई अझ सहज, छरितो र ग्राहक केन्द्रित बनाउने उद्देश्यका साथ एसओडी अभियान शुरू गरिएको कम्पनीले जानकारी दिएको छ ।

उक्त अभियान बागमती प्रदेशअन्तर्गत थानकोट, चन्द्रागिरि क्षेत्रबाट माघ १५ गतेदेखि सञ्चालन गरिएको छ ।

यस अभियानअन्तर्गत ग्राहकहरूले डिशहोम इन्टरनेटको सेवा जडान तथा सम्बन्धित प्राविधिक सेवा आफ्नै घरमै प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

ग्राहकको समय र सुविधालाई प्राथमिकतामा राख्दै कम्पनीका दक्ष प्राविधिक टोलीहरू घरमै पुगेर सेवा प्रदान गर्नेछन् ।

एसओडी अभियान काठमाडौं उपत्यकाबाट शुरू भई चरणबद्ध रूपमा देशका अन्य क्षेत्रहरूमा समेत विस्तार गर्ने कम्पनीको योजना छ ।

साथै, यस अभियानमार्फत ग्राहकहरूले वार्षिक रिचार्ज गर्दा विशेष छुट तथा अतिरिक्त सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।

अभियानसम्बन्धी विस्तृत जानकारीका लागि डिशहोम इन्टरनेटको हटलाइन नम्बर ९८०१५४४००० मा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्